‘आरआरआर’ ओस्करको दौडमा कसरी पुग्यो ?

डिसी नेपाल
२१ असोज २०७९ १२:१०
928
Shares

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले ओस्कार अवार्डको दौडमा पर्न निजी विधामा आवेदन दिएको छ । केही समयअघिसम्म फिल्म भारत सरकारबाट ओस्कार अवार्डका लागि मनोनयनमा पर्नेमा फिल्मका निर्माताहरू आशावादी थिए ।

तर निर्देशक पान नलिनको गुजराती फिल्म ‘चेलो शो’ औपचारिक रूपमा भारतबाट ९५औँ ओस्करका लागि पठाइएको थियो। यसपछि सामाजिक सञ्जालमा आरआरआर फिल्मका फ्यानहरूमा निराशा देखिएको छ ।

तर अब एसएस राजामौलीको फिल्म आरआरआरले ओस्करका सबै मुख्य विधामा आवेदन दिएको छ ।

आरआरआरले बेस्ट पिक्चर, बेस्ट डायरेक्टर, बेस्ट एक्टर, स्क्रिनप्ले, ओरिजिनल स्कोर, एडिटिङ, सिनेमेटोग्राफी, साउन्ड एण्ड प्रोडक्सन डिजाइनदेखि लिएर भीएफएक्स आदि कोटाहरूमा आवेदन दिएको छ।

यो पछि लस एन्जलसको चिनियाँ थिएटरमा फिल्मको मेगा स्क्रिनिङ गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.