तनहुँ क्षेत्र नं १ मा वरिष्ठ नेता पौडेल

डिसी नेपाल
२३ असोज २०७९ ७:५६
72
Shares

तनहुँ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले दुवै क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ। गएराति मात्रै कांग्रेसले उम्मेदवार टुङ्गो लगाएको हो।

कांग्रेसले तनहुँ क्षेत्र नं १ मा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यस्तै क्षेत्र नं २ मा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ। क्षेत्र नं २ का कारण उम्मेदवार चयनमा ढिलाइ भएको कांग्रेस तनहुँले जनाएको छ।

कांग्रेसले दुवै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोर्‍याएको छ। कांग्रेसले प्रदीप पौडेललाई काठमाडौँ क्षेत्र नं ५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ। विसं २०७४ को निर्वाचनमा पौडेल र भण्डारी पराजित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.