रास्वपा कार्यालय पुगेर सुदनको आग्रह- कुलमानलाई पनि मिलाउन पर्‍यो

डिसी नेपाल
१४ पुष २०८२ १५:३८
1.6k
Shares

काठमाडौं । जेनजी आन्दोनलसँग जोडिएका सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्दै कुलमानलाई पनि मिलाउन आग्रह गरेका छन्।

सोमबार रास्वपाको केन्द्रीय कार्यालय पुगेर उनले वाग्लेसँग छलफल गर्दै कुलमानलाई पनि मिलाउन आग्रह गरेका हुन्। कार्यालय परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै गुरुङले आफूहरू वैकल्पिक शक्तिहरूको एकीकरणको पहलमा लागेको बताए।

उनले रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरका प्रमुख बालेन शाह र कुलमान घिसिङ एकै ठाउँमा उभिनुपर्नेमा आफू प्रस्ट रहेको बताएका थिए।

कुलमान घिसिङसँगको कुराकानी के भइरहेको छ भन्ने प्रश्नमा उनले छलफल सकारात्मक रहेको र थोरै विचार मिल्न बाँकी रहे पनि त्यो समयक्रममा मिल्ने विश्वास व्यक्त गरे। उपसभापति वाग्लेसँगको भेटमा पनि सबै पक्ष सकारात्मक देखिएको उनको भनाइ थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *