यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२३ असोज २०७९ ९:१९

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४२ पैसा र बिक्री दर १३२ रुपैयाँ ०२ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ८६ पैसा र बिक्री दर १२९ रुपैयाँ ४५ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४७ रुपैयाँ ४४ पैसा र बिक्री दर १४८ रुपैयाँ ११ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ४४ पैसा र बिक्री दर ८४ रुपैयाँ ८२ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ३० पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ०७ पैसा र बिक्री दर ९ रुपैयाँ ११ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४७ पैसा र बिक्री दर १८ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ९६ पैसा र बिक्री दर ३५ रुपैयाँ १२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ३१ पैसा र बिक्री दर ९ रुपैयाँ ३६ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *