काठमाडौं २ मा माओवादीबाट ओनसरी घर्ती उम्मेदवार
काठमाडाैं। माओवादी केन्द्रबाट काठमाडौं २ मा पूर्वसभामुख ओनसरी घर्ती मगर उम्मेदवार बन्ने भएकी छन्। सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले काठमाडौं २ र ९ लिएको थियो।
काठमाडौं २ मा ओनसरीसँगै कृष्णराज सुवेदी पनि उम्मेदवार बन्ने दौडमा थिए। २०७० को निर्वाचनमा रोल्पा २ बाट निर्वाचित भएकी घर्ती त्यसपछि उपसभामुख र २०७२ मा सभामुख भएकी थिइन्।
२०७४ मा उनी समानुपातिक तर्फबाट सांसद बनेकी हुन्। अन्तरिम संसद र पहिलो संविधानसभामा सांसद रहेकी घर्ती त्यसबेला खेलकुद मन्त्री बनेकी थिइन्।
२०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं–२ बाट झक्कु सुवेदी विजयी भएका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment