रवि लामिछानेले चितवन-२ बाट उम्मेदवारी दिने

डिसी नेपाल
२३ असोज २०७९ १०:२६
84
Shares

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन्। चितवन-३ बाट उठ्ने चर्चा रहे पनि लामिछानेले २ बाट उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन्।

चितवन-२ बाट एमालेका कृष्णभक्त पोखरेल उम्मेदवार बन्दैछन्। २०७४ सालको संविधानसभा निर्वाचनमा पनि पोखरेल चितवन-२ बाट विजयी भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.