भृकुटीमण्डपमा २२ घण्टा लामो मतदान, ९८ प्रतिशत सहभागिता
काठमाडौं। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार कुल २,२६३ मतदातामध्ये २,२२७ मत खसेको छ, जुन ९८.०४ प्रतिशत हो। ३६ जना मतदानमा अनुपस्थित रहेका छन्।
बुधबार बिहान ९ बजे सुरु भएको मतदान बिहीबार बिहान ७ बजे सकिएको हो। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ भने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डे चुनावी मैदानमा छन्।
पाँच उपाध्यक्ष पदका लागि ११ जना, तीन उपमहासचिव पदका लागि ६ जना तथा नौ सचिव पदका लागि २० जना नेताहरू प्रतिस्पर्धामा उत्रिएका छन् । सचिव पदमा गोकुल बास्कोटा, महेश बस्नेत, पद्मा अर्याल, खगराज अधिकारी, अग्नि खरेललगायत उम्मेदवार छन्।
मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन मङ्सिर २८ गतेदेखि भृकुटीमण्डपमा बन्दसत्रका रूपमा चलेको थियो । पटक–पटक सरेको निर्वाचन कार्यतालिकापछि अन्ततः पुस २ गते मतदान सम्पन्न भएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment