देशभर उम्मेदवार मनोनयनपत्र दर्ता सुरु
काठमाडाैं। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि मुलुकका विभिन्न स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गर्न सुरु गरेकाे निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो। उम्मेदवारी दर्ता अहिले बिहान १० बजे सुरु भई अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ । मनोनयनपत्र दर्ता उम्मेदवार स्वयम् उपस्थित भई वा प्रतिनिधिमार्फत गर्न पाइने व्यवस्था गरिएको आयोगले जनाएको छ।







डिसी नेपाल








Facebook Comment