काठमाडौं-५ मा ईश्वर पोखरेल र प्रदीप पौडेलबीच प्रतिश्पर्धा
काठमाडौं। तनहुँका दुवै क्षेत्रमा टिकट नपाएका नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल काठमाडौं निर्वाचन क्षेत्र नम्बर पाँच बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन्। पौडेललाई कांग्रेसले काठमाडौं पाँच बाट उम्मेदवार बनाएको हो।
यो क्षेत्रमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार छन्। अब पोखरेल र पौडेलबीच प्रतिश्पर्धा हुने निश्चित भएको छ।कांग्रेसका डा. प्रकाशशरण महतलाई पराजित गर्दै २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पोखरेल विजयी भएका थिए।
शनिबार मध्यरातसम्म बसेको कांग्रेस संसदीय बोर्डले पौडेललाई काठमाडौं-५ बाट उठाउने निर्णय गरेको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment