कांग्रेसका दुई नेताले कैलाली-५ मा दिए स्वतन्त्र उम्मेदवारी

डिसी नेपाल
२३ असोज २०७९ १३:०५
124
Shares

धनगढी। नेपाली कांग्रेसका दुई नेताले कैलाली-५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। कैलाली-५ का संविधानसभा सदस्यसमेत रहेको पुष्करनाथ ओझाले प्रतिनिधिसभा र कांग्रेस महाधिवेशन प्रतिनिधि क्षितिज भण्डारीले क्षेत्र नम्बर-५ (ख) का लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

दुई नेताले कैलाली-५ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्। पुष्करनाथ ओझालाई कांग्रेसले कारबाही गरेको छ। कैलाली-५मा गठबन्धनबाट नेपाली कांग्रेसका नेता डिल्लीराज ओझा र एमालेबाट नारदमुनि राना उम्मेदवार छन्।

४ मंसिरमा हुने चुनावमा कैलाली-५ का मतदाताको स्वाभिमान र आत्मसम्मानको रक्षा गर्न चुनाव लड्ने पुष्करनाथ ओझाले जनाएका छन्। नेपाली कांग्रेसको राजनीतिमा २०३४ सालदेखि क्रियाशील रहेका ओझालाई कारबाही गरिएको थियो। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट कैलाली-५ को प्रतिनिधि सभाका लागि ईश्वरी विष्टले पनि मनोनयन दर्ता गराएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.