कांग्रेसका उदयशमशेर राणाले गराए उम्मेदवारी दर्ता
काठमाडौं। कांग्रेसका उदयशमशेर राणाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागि ललितपुर १ बाट उनले उम्मेदवारी दर्ता गरेका हुन्।
यसअघि २०७४ सालमा एमालेका उम्मेदवार नवराज सिलवालसँग उनी सोही क्षेत्रमा पराजित भएका थिए।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आइतबार मनोनयन दर्ता प्रक्रिया भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment