सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि सानिमा ग्राथ फण्ड निष्कासन गर्ने

डिसी नेपाल
२५ असोज २०७९ ९:२१

काठमाडौं। सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि म्युचुअल फण्ड योजना बिक्री खुला गर्ने भएको छ। क्यापिटलले सानिमा ग्रोथ फण्डको कुल १२ करोड इकाई निष्कासन गर्न लागेको हो।

क्यापिटलले जारी गर्ने फण्डमध्ये १ करोड ५६ लाख इकाई वा कुल बिक्री भएको इकाईको १३ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ। त्यस्तै, २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटललाई छुट्टाएको छ भने १ करोड ८० हजार इकाई बीज पुँजी छ।

बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ। यसमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएमा कात्तिक ३० गतेसम्म खुला रहनेछ। प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ। न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *