सेयर बजार ओरालो तर्फ, १६.०६ अंकले घट्यो बजार

डिसी नेपाल
२५ असोज २०७९ १५:२०

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। आज नेप्से १६.०६ अंकले घटेर १ हजार ८५५.१६ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको १७ लाख ६८ हजार ६९२ कित्ता सेयर खरिद बिक्री हुँदा ५५ करोड २८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ। यसको आज ३ करोड १० लाखभन्दा बढीको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटा उपसुचकमध्ये ३ वटा उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा सुमित लघुवित्त र अभियान लघुवित्तका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, बिन्देबसिनी हाइड्रोपावर  र सिङ्गति हाइड्रो इनर्जीका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *