हुण्डाइद्वारा विश्वकप २०२२ लक्षित टेस्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा

डिसी नेपाल
२५ असोज २०७९ १६:४३

काठमाडौं । हुण्डाइ गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले विश्वकप २०२२ लक्षित “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेन हुन्डाइ टेस्ट ड्राइभ वाच लाइभ फिफा वर्ल्ड कप २०२२ को विजेता घोषणा गरेको छ ।

यस क्याम्पेनका विजेताले फिफा विश्वकप २०२२ को प्रत्यक्ष खेल कतार गएर हेर्न पाउनेछन् । ११ अक्टोबर २०२२ मा गरिएको लक्की ड्र मार्फत २ जना विजेताहरुको छनौट गरियो । कम्पनीका अनुसार शेर बहादुर जि.सी. र हस्त माया गुरुङ्गले यो लक्की ड्र जितेका छन् । दुइ विजेताहरुले आफ्नो रोजाइको एक–एक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन्, जसको सम्पूर्ण खर्चहरु हुण्डाइ नेपालले व्यहोर्ने छ ।

यस योजनामा सहभागिता जनाउन १९ जुलाई देखि ३० सेप्टेम्बरसम्म नेपालभरी रहेका हुण्डाइको १७ वटा सोरुमहरुबाट कुनै पनि हुण्डाई गाडीको टेष्ट ड्राइभ गरि आफुलाई रजिष्टर गर्नुपर्ने थियो । यस क्याम्पेनले पर्यावरण दिगोपनका लागि हुण्डाईको प्रयास प्रति सबैको ध्यानाकर्षण गरेको थियो र क्याम्पेनले नेपाली अटोमोबाइल बजारमा अत्याधिक चर्चा बटुल्न पनि सफल रह्यो । आफ्ना ग्राहकहरुलाई सदैव आकर्षक योजना तथा उत्कृष्ट उत्पादनको माध्यमबाट हुण्डाई सबैको रोजाईको ब्राण्ड बन्न सफल भएको छ ।

फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबल मार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गरी खेलका पारखीहरुलाई जोड्ने लक्ष्य सहितको यस क्याम्पेन आफ्नो लक्ष्यमा सफल भएको कम्पनीले जनाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले आफ्नो नेपालभरी रहेका १७ डिलर तथा १९ सर्भिस सेन्टरहरुद्वारा आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *