यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२६ असोज २०७९ ८:५९

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १३१ं.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.०१ रुपैयाँ रहेको छ। त्यस्तै, युरोपियन युरो एकको खरिद दर १२७.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.१३ रुपैयाँ रहेको छ।

त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४५.२७ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.९३ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८२.२८ रुपैयाँ रहेको छ भने बिक्री दर ८२.६५ रुपैयाँ रहेको छ।

जापानी येन १० को खरिद दर नेपाली ९.०२ पैसा र बिक्री दर ९.०६ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८.३१ पैसा र बिक्री दर १८.३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१३ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.१२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२५ रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *