अब एक जार पानीको खुद्रा मूल्य ४७ र बोतलको १६ रुपैयाँ

डिसी नेपाल
२६ असोज २०७९ १०:२४

काठमाण्डौ । प्लास्टिक बोतल र जारमा बिक्री हुने प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्धारण गरेको छ। सङ्घीय संसद् प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसहमतिको अध्ययन प्रतिवेदनसमेतका आधारमा विभागले बोतल र जारको पानीको खुद्रा मूल्य निर्धारण गरेको हो ।

विभागले काठमाण्डौ उपत्यकाभित्र बोतल प्रतिलिटर पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ र २० लिटर जारको पानीको अधिकतम ४७ रुपैयाँ निर्धारण गरेको छ भने उपत्यकाबाहिर एक लिटर बोतलको पानीको अधिकतम खुद्रा मूल्य २० रुपैयाँ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ६० रुपैयाँ निर्धारण गरिएको छ।

निर्धारित मूल्यभन्दा बढी लिएको पाइएमा कानुनअनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ।

मूल्य बढी लिएको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली २०७६ बमोजिम सम्बन्धित बिक्रेतालाई हदैसम्मको कारबाही गरिने विभागले जनाएको छ। निर्धारित मूल्यभन्दा बढी रकम तिरेर पानी खरिद नगर्न र काहीँकतै कसैले जबरजस्ती बढी रकम लिन खोजेमा विभाग वा मातहतका कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय वा स्थानीय तहमा सूचना दिन विभागले आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *