सिभिल बैंकले ५ वर्षअघिको नगद लाभांश लिन सेयरधनीलाई आग्रह

डिसी नेपाल
२६ असोज २०७९ १०:४१

काठमाडौँ। सिभिलले बैंकले ५ वर्ष पुरानो नगद लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको छ। कतिपय सेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि बैंकले सूचना जारी गरेरै लिन बोलाएको हो।

सेयर रजिष्ट्रारको कार्यालय सिभिल क्यापिटल, मार्केट सुन्धारा काठमाडौंमा ३० दिनभित्र सम्पर्क गरेर नगद लाभांश बुझ्न बैंकले अनुरोध गरेको हो।

यता, तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने बैंकले उल्लेख गरेको छ। नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र बोक्नुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *