कांग्रेस नेतृको बागी उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन

डिसी नेपाल
२६ असोज २०७९ १६:३९
240
Shares

बारा । बारा ४ (क) मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी नारायणी रायमाझी (निरु) को उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन गरिएको छ ।

सता गठबन्धनका उम्मेदवारविरुद्ध परेको रायमाझीको उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन गरिएपछि केहीबेर सिमराको एक होटल क्षेत्र तनावग्रस्त बन्यो ।

आफ्ना शुभेच्छुकमाझ सिमराको एक होटलमा बसिरहेकी रायमाझीलाई लिन इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमल्सिनाको टोली पुगेको थियो । डिएसपी तिमल्सिनाले आफूहरूलाई रायमाझी अपहरणमा परेको सूचना आएकाले आफूसँग हिंड्न आग्रह गरेका थिए । रायमाझीका समर्थकको अवरोधपछि डिएसपी तिमल्सिनाको टोली करिब आधा घण्टापछि होटलबाट फर्किएको थियो ।

सत्तारुढ दलका शीर्ष नेताबाट उम्मेदवारी फिर्ता गराउन भएको प्रयास असफल भएपछि प्रहरीसमेत परिचालन गरिएको र आफ्नो अपहरण नभएको उम्मेदवार रायमाझीले बताइन । रायमाझी नेपाली कांग्रेस नेतृ हुन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.