दुई कम्पनीको सेयर कारोबार रोक्का, यस्तो छ कारण

डिसी नेपाल
२७ असोज २०७९ १२:०६

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर कारोबार रोक्का भएको छ। समिट लघुवित्त र नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार असोज २७ गते (बिहिबार)देखि रोक्का भएको छ ।

यी दुवै कम्पनी एक आपसमा मर्जरमा जाने सम्झौता गरेपछि सेयर कारोबार रोक्का गरिएको हो। यी दुई कम्पनीहरुले असोज २६ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका नेसनल माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय धादिङ धादिङबेसीमा र समिट लघुवित्तको काभ्रेको बनेपामा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *