नेपाल धितोपत्र बोर्डमा ३ पदका लागि दरखास्त आह्वान, २३ जनालाई अवसर

डिसी नेपाल
२८ असोज २०७९ १०:१३

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन)मा विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डले एक सूचना जारी गर्दै तिन पदका दरखास्त आह्वान गरेको हो।

बोर्डले निर्देशक पदक लागि ४ जना, सहायक निर्देशक पदका लागि १६ जना र वरिष्ठ सहायक पदका लागि ३ जना गरी कुल २३ जनाका लागि दरखास्त खुलाइएको छ। बोर्डले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गर्न लागेको हो।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आउँदो कात्तिक ७ गतेसम्म सेबोनको ललितपुर खुमलटारस्थित दरखास्त बुझाउन सक्नेछन्। दोब्बर दस्तुर तिरी कात्तिक २४ गतेसम्म दरखास्त दिन सकिनेछ। परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुने बोर्डले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *