पूर्वमन्त्री किसान श्रेष्ठले निर्वाचनमा आँफैलाई मतदान गर्न नपाउने

डिसी नेपाल
३० असोज २०७९ १२:०७
416
Shares

बारा। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बार निर्वाचन क्षेत्र नं.४ बाट उम्मेदवारी दिएका पूर्वमन्त्री कृष्ण कमुार श्रेष्ठले आफूलाई मत दिन नपाउने भएका छन्।

उनको मतदाता नामावली तनहुँको ब्यास नगरपालिका ४ दमौलीमा रहेकोले आफूलाई मतदान गर्न नपाउने भएका हुन्।

प्रत्यक्ष तर्फ मतदानका लागि सम्बन्धित मतदान केन्द्र मैं पुग्नु पर्ने कानूनी व्यवस्था रहेकाले उनले बाराबाट मतदान गर्न नपाउँने निर्वाचन आयोगले जनाएको छ।

पूर्वमन्त्री समेत रहेका श्रेष्ठको मतदान केन्द्र ब्यास नगरपालिका वडा नं. ४ दमौलीको मदरसा आधारभूत विद्यालय साँखरमा रहेकाले उनले प्रत्यक्ष तर्फका उम्मेदवारलाई मत दिने हो भने तनहुँ मैं जानु पर्ने समेत आयोगले जनाएको छ।

बारा निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारी दिएका उनी यसपटक भने मतदान गर्न तनहुँ पुग्न नसक्ने देखिएको छ। नेता श्रेष्ठले आँफू बारा आएर चुनाव लड्ने वा तनहुँ मैं लड्ने भन्ने निधो नभइसकेकाले मतदाता नामावली सार्न नसकिएको र यस पटक आँफू मतदानबाट बञ्चित हुँनु परेको बताए। आफ्नों क्षेत्र छाडेर अन्यत्र चुनाव लड्ने नेता श्रेष्ठ एक्ला व्यक्ति भने होइनन् । श्रेष्ठ जस्तै देशभरका धेरै उम्मेदवारले आँफूलाई नैं मत हाल्न नपाउँने भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.