रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही २ का गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ । त्यस्तै सर्वोच्चले निर्वाचन आयोगलगायतका विपक्षीसँग गुरुङको उम्मेदवारी खारेज गर्नुको कारणसमेत माग गरेको छ ।
नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दर्ता गराएका गुरुङको बैंकिङ कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मंगलबार राति साढे ११ बजे सूचना निकालेर उम्मेदवारी खारेज गरेको थियो ।
अदालतमा विचाराधिन भएको मुद्दालाई आधार बनाएर प्रकृया नै पूरा नगरी उम्मेदवारी खारेज भएको भन्दै न्याय पाउ भन्दै उनले अदालतमा उजुरी दिएका थिए ।
सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) र निर्देशिका २०७९ को दफा १६ (ज) लाई आधार बनाएर उम्मेदवारी खारेज गरेका थिए ।







डिसी नेपाल








Facebook Comment