मजदुरको  पृष्ठभूमिबाट आएको हुनाले जनजनको पीडालाई महसुस गरेको छु : राजन ढुंगाना

डिसी नेपाल
३० असोज २०७९ २१:०६
24
Shares

महोत्तरी । रिक्सा चालकदेखि विभिन्न प्रकारका मजदुरी गरेको हुनाले जनताको समस्यालाई नजिकबाट अनुभूत गरेको स्वतन्त्र उम्मेदवार राजन ढुंगानाको भनाइ छ ।

महोत्तरी क्षेत्र नम्बर १ क बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका ढुंगानाले राजनीति शुद्धीकरण र जनताको मनोभावनाअनुसार काम गर्ने उम्मेदवार नभएको हुनाले पनि उम्मेदवार दिएको दाबी गरे ।

अझै पनि जनताका आधारभूत आवश्यकता जस्ताको त्यस्तै रहेको बताउँदै ढुंगानाले भने, ‘जनताको समस्या के हो भन्ने कुरा मैले गहिराइमा गएर अनुभूत गरेको छु ।’

विगतमा पनि जनताको पक्षमा काम गरेको बत्ताउँदै जनताको अपेक्षाअनुसार नै आफ्नो उम्मेदवारी भएको ढुंगानाको जिकिर छ ।

प्रदेशसभामा आफू निर्वाचित भएपछि हरेक सर्वसाधारणले सरकारको महसुस गर्न पाउने बताउँदै उनले समृद्ध र उज्यालो भविष्य निर्माणमा आफू सधैँ जनताको नोकर बन्ने  विश्वास दिलाए ।

निर्वाचन आयोगबाट लालटिन चुनाव चिन्ह पाएका ढुंगानाले जनताले ४ मंसिरमा सही निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.