उदयपुरमा सत्ता गठबन्धनको चुनावी सम्पर्क कार्यालय स्थापना
उदयपुर। आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धनले चुनावी सम्पर्क कार्यालयको स्थापना गरेको छ। उदयपुरको क्षेत्र नम्बर २ को गठबन्धनले कटारीस्थित भूगोलपार्कमा कार्यालयको सञ्चालनमा ल्याएको हो।
कार्यालय उदघाटन गर्दै गठबन्धनबाट उदयपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभाका उम्मेदवार तथा एकीकृत समाजवादी पार्टीका उपसचिव जगन्नाथ खतिवडाले देश र जनता पहिलो हो भन्ने मान्यतलाई अघि बढाएर गठबन्धनलाई जिताउनु पर्ने बताए।
उदयपुर २ को प्रदेश सभा २ तर्फका उम्मेदवार नेपाली काँग्रेसका पूर्वक्षेत्रीय सभापति रामकुमार खत्रीले मतरुपी आशिर्वादले जितेर गएपछि शान्ति र स्थायीत्वको लागि सफल हुन चाहेको बताए।
बैठकले १५ सदस्यीय निर्वाचन परिचालन मुल समिति गठन गरेको छ। समितिको संयोजक मोहनबहादुर खत्री, सह संयोजक राजेशचन्द्र श्रेष्ठ र सचिव बेगबहादुर आले रहेका छन्। बैठकको निर्णय सुनाउँदै संयोजक खत्रीले टोल तहसम्म मातहतका समिति गठन गर्न सकिने जानकारी दिए।







डिसी नेपाल








Facebook Comment