आजसम्म बागी उम्मेदवारी फिर्ता लिई निष्क्रिय बसेकालाई माओवादीले कारबाही नगर्ने

डिसी नेपाल
३१ असोज २०७९ १४:४४
64
Shares

काठमाडौँ। माओवादी केन्द्रले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई सोमबारसम्म उम्मेदवारी फिर्ता लिए कारबाही नगर्ने भएको छ। माओवादी केन्द्रीय कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै आज (सोमबार) सम्म उम्मेदवारी फिर्ता लिएर निष्क्रिय बसेको घोषणा गरे अनुशासनको कारबाही नहुने जनाएको हो।

माओवादी पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा निर्वाचन आयोगले तोकेको मितिभित्र उम्मेदवारी फिर्ता नलिने बागी, तिनका प्रस्तावक र समर्थकलाई कारबाही गरिसकिएको र अझै प्रदेश र प्रतिनिधिसभाका बागी र स्वतन्त्र उम्मेदवारी दिनेले सोमबारसम्म पार्टी वा गठबन्धनका आधिकारिक उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धतासहित घोषणा गरे अनुशासनको कारबाही नहुने जनाइएको छ।

यसअघि गठबन्धनकै प्रमुख घटक नेपाली कांग्रेसले पनि सोमबारसम्म बागी र स्वतन्त्र उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिए वा निष्क्रिय बसे कारबाही नहुने जनाइसकेको छ। खासगरी, काठमाडौं १०, सर्लाही ४, सल्यानलगायतका जिल्लामा कांग्रेस र माओवादीका बागी उम्मेदवार दलका लागि टाउको दुखाईको विषय बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.