टि-२० विश्वकप : पाकिस्तानले भारतलाई दियो १६० रनको लक्ष्य
काठमाडौं । मेलबर्नमा भारत र पाकिस्तानबीच जारी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले भारतलाई जितका लागि १६० रनको लक्ष्य दिएको छ ।
भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । भारतले निकै राम्रो सुरुवात गरेको थियो । दोस्रो ओभरमा अर्शदीपले पाकिस्तानी कप्तान बाबर आजमको विकेट लिए । त्यसपछि चौथो ओभरमा उनले रिजवानको विकेट लिए ।
बाबर आजम खाता नखोलेर एलबीडब्लूआउट भए र रिजवानले चार रन बनाए । तर, शान मसुद र इफ्तिखार अहमदले इनिङ्सलाई सम्हाले । इफ्तिखार अहमदले ५१ रन बनाए भने शान मसुदले ५२ रन बनाएर नटआउट रहे ।
भारतका लागि अर्शदीप र हार्दिक पाण्ड्याले तीन तीन विकेट लिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment