“नो नट एगेन” भन्दै निश्चल बस्नेतले आयोगलाई दिए फेसबक बन्द गरेर देखाउन चुनौती
काठमाडौं। निर्देशक तथा अभिनेता निश्चल बस्नेतले निर्वाचन आयोगलाई चुनौती दिएका छन् ।
उनले आयोगलाई आफ्नो फेसबुक बन्द गरेर देखाउन चुनौती दिएका हुन् ।
निर्वाचन आयोगले बुधबार सार्वजनीक सुचना निकाल्दै फेक फेसबुक पेज र ग्रुप हटाउन निर्देशन दिएको थियो । “No, Not Again”, “NO NOT AGAIN” र “No. Not again” नामक पेज र ग्रुपबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन भएको भन्दै आयोगले हटाउन भनेको थियो ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत तिन पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, माधव कुमार नेपाल र पुस्पकमल दाहाललाई आगामी निर्वाचनमा पराजीत गराउनुपर्ने भन्दै अभियाननै चलेको छ । उक्त अभियानलाई बस्नेत लगायतका अन्य कलाकारहरुले समेत साथ दिदै आएका छन् ।
अयोगको यस्तो निर्देशन पछि बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘NO NOT AGAIN ,२०औं वर्ष सत्तामा बसेर , अहिले पनि हामी बनाउँछौं नेपाल भन्नेलाई भोट यत्रैपनी हालिन्न।
लु बन्द गर्नुहोस् मेरो पनि फेसबुक’







डिसी नेपाल








Facebook Comment