कमेडियन भारती सिंह दम्पतीविरुद्ध २०० पेजको आरोप पत्र दायर
काठमाडौं । कमेडी क्वीन भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियाको कठिनाइ फेरि बढ्दै गएको छ । एनसीबीले लागुऔषध मुद्दामा भारती र हर्षमाथि फेरि एकपटक कारवाही गरेको छ । एनसीबीले दम्पतीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
जानकारीका अनुसार मुम्बई एनसीबीले कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियाविरुद्ध अदालतमा २०० पृष्ठको आरोपपत्र दायर गरेको छ । लागुऔषध मुद्दामा यो आरोपपत्र दायर गरिएको हो । यो जोडीलाई सन् २०२० मा लागूऔषध मुद्दामा पक्राउ गरिएको थियो । उनीहरू हाल धरौटीमा छुटेका छन् । तर अब फेरि एकपटक भारती र हर्षको कठिनाइ बढ्दै गएको देखिन्छ ।
लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले २०२० को अन्त्यतिर लागुऔषध सेवन गरेको आरोपमा भारती र हर्षलाई पक्राउ गरेको थियो । भारती र हर्षको घर र कार्यालयमा पनि छापा मारेर ८६ दशमलव ५० ग्राम गाँजा बरामद भएको थियो । एनसीबीले सोधपुछका क्रममा भारती सिंह र उनका पति हर्ष लिम्बाचिया दुवैले गाँजा सेवन गरेको स्वीकार गरेको दाबी गरेको थियो । यसपछि भारती सिंहलाई एनडीपीएस ऐन १९८६ को प्रावधान अन्तर्गत पक्राउ गरिएको थियो । पछि दुवै धरौटीमा छुटे ।







डिसी नेपाल








Facebook Comment