धेरै पैसा कमाउने मामिलामा कान्ताराले केजीएफको रेकर्ड तोड्यो !

डिसी नेपाल
१२ कार्तिक २०७९ १४:५९
80
Shares

काठमाडौं । कन्नड फिल्म कान्ताराले दिनहुँ नयाँ कीर्तिमान बनाइरहेको छ । अब यो फिल्मले केजीएफ च्याप्टर १ लाई उछिन्दै कन्नड उद्योगको दोस्रो सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ। हालै फिल्मले विश्वभर २५० करोडको कलेक्सन गरेको छ ।

कान्तारा अघि केजीएफ च्याप्टर १ र केजीएफ च्याप्टर २ ले मात्र २५० करोड कमाएका थिए । अब समग्र कमाईको कुरा गर्ने हो भने केजीएफ च्याप्टर २ मात्र कान्ताराभन्दा अगाडि छ । केजीएफ च्याप्टर २ को कीर्तिमान तोड्न लगभग असम्भव देखिए पनि सानो बजेटको फिल्म भए पनि यति ठूलो कलेक्सन गर्नु आफैमा कीर्तिमान हो ।

ऋषभ शेट्टी स्टारर फिल्मले हालै २५० करोडको आँकडा पार गरेको छ, अहिले फिल्मको कुल कमाई लगभग २५१ करोड पुगेको छ, जुन केजीएफ च्याप्टर १ भन्दा अलि बढी हो। जब कान्तारा रिलिज भयो त्यतिबेला यसको कमाई निकै सुस्त थियो तर बिस्तारै जबर्जस्त माउथ पब्लिसिटीको कारणले फिल्म कमाईको हिसाबले अगाडि बढ्यो ।

आइएमडिबीमा उत्कृष्ट रेटिङ प्राप्त गर्ने सन्दर्भमा कान्तारा पहिलो साबित भएको छ । आईएमडीबीमा उत्कृष्ट रेटिङ प्राप्त गर्ने सर्वोत्कृष्ट भारतीय चलचित्र बनेको कान्ताराले यहाँ पनि कीर्तिमान बनाएको छ । यसअघि यो कीर्तिमान केजीएफ २ को नाममा थियो ।

कन्नड भाषामा फिल्मको दमदार प्रदर्शन देखेर फिल्मका निर्माताले अन्य भाषामा पनि रिलिज गरेका छन्, जसको नतिजा सबैका अगाडि छ । फिल्मले अहिलेसम्म हिन्दी भाषामा मात्रै ३१.७ करोड रुपैयाँ कमाएको छ, यो संख्या हालै रिलिज भएका धेरै हिन्दी फिल्मको कलेक्शनभन्दा बढी हो । हिन्दी बाहेक, यसलाई तमिल र तेलुगुमा पनि डब गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.