जनकपुर पुगेर आरजुले भनिन्- अधिकांश सिट गठबन्धनले जित्छ
जनकपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले अधिकांश निर्वाचन क्षेत्रमा पाँच दलीय गठबन्धनले जित हासिल गर्ने बताएकी छिन् ।
छठ पर्वमा सहभागी हुन जनकपुरधाम आइपुग्नुभएकी देउवाले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै गठबन्धनबाट स्वतन्त्र उम्मेदवार भएका अधिकांश उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिइसकेको र गठबन्धन पनि एक ढिक्का भएर अघि बढेकाले ९५ प्रतिशत सिट गठबन्धनले जित्ने बताइन् ।
अधिकांश सिटमा गठबन्धनले जित हासिल गर्ने र आगामी सरकार पनि गठबन्धनकै बन्ने दाबी गर्दै देउवाले मुलुकको विकास र समृद्धिका लागि पनि गठबन्धनले नै जित्नुपर्ने जिकिर गरिन ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment