उम्मेदवारी खारेजीविरुद्ध तोसिमा कार्कीको रिट दर्ता, मंगलबार पेसी

डिसी नेपाल
१४ कार्तिक २०७९ १८:०४
68
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत गएकी छन्

ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेकी कार्कीले आफ्नो उम्मेद्वारी खारेज भएपछि सर्वोच्च गएकी हुन् । उनको रिट मंगलबारको पेसीमा राखिएको छ ।

मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको थियो । सोमबार समर्थकसहित सर्वोच्च पुगेर आयोगको निर्णय पक्षपात पूर्ण भएको भन्दै रिट दर्ता गरिएको हो ।

त्यसअघि काठमाडौंको माइतिघरमा आयोजित विरोध प्रदर्शनमा कार्कीले पाटन अस्पतालमा लाभको पदबाट राजीनामा दिएको र मेडिकल काउन्सिलको पद लाभको पद नभएको जानकारी गराउदा पनि उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णय शंकास्पद रहेको उनाले बताइन् ।

प्रदर्शनमा सहभागीहरुले डा कार्की चुनावमा निर्वाचन आयोग षडयन्त्रमा, युवालाई साथ दिउ नयाँ युग पाँउ, राजनीति फोहरी खेल गर्न पाईदैन लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.