बथानबाट एक्लिएको छावाको उद्धार

डिसी नेपाल
१४ कार्तिक २०७९ २०:०२
104
Shares

चितवन । बथानबाट एक्लिएको हात्तीको एउटा छावालाई आज मेचीनगरबाट उद्धार गरिएको छ । भारतबाट आइतबार नेपाल पसेको करिब आठ महिनाको सो छावा मेचीनगरको वडा नं ४, ६ र ७ का विभिन्न स्थानमा डुल्ने गरेको थियो ।

वन कर्मचारी र स्थानीय बासिन्दाले सो छावालाई मेचीनगर–७ गोमनसरीबाट नियन्त्रणमा लिएर मेचीनगर–४ स्थित दशगजामा भारतीय वन कार्यालयका कर्मचारीलाई बुझाएका छन् । उद्धारको पहलकर्ता मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार धानबारीमा डुलिरहेको अवस्थामा आज दिउँसो १ बजे छावालाई उद्धार टोलीले नियन्त्रणमा लिएको थियो भने अपराह्न ४ बजेतिर भारतीय वन कार्यालयका कर्मचारीलाई जिम्मा लगाइएको थियो ।

नियन्त्रणमा लिइएको हात्तीको छावालाई मिनी ट्रकमा हालेर दशगजासम्म पु¥याइएको थियो । बथानबाट अलग्गिएको छावा विगत १२ दिनदेखि उसको बथानमा मिसाउन भारतीय वन कर्मचारीले प्रयास गरिरहेका बेला भागेर नेपाल पसेको वडाध्यक्ष कार्कीले भारतीय वन अधिकारीलाई उद्धृत गर्दै बताए ।

आइतबार बाहुनडाँगीमा देखापरेको सो छावालाई उद्धारका लागि कोसी टप्पु वन्यजन्तु आरक्ष र डिभिजन बन कार्यालय झापाको टोलीसमेत परिचालन भएको थियो । उद्धार कार्यका स्थानीय नुतन कार्की लगायतको टोली खटिएको थियो । जथाभावी गाउँ र बालीमा पस्ने गरेका कारण छावालाई मानिसले कुटेर मार्ने सम्भावना बढेपछि सुरक्षाका लागि उद्धार गरेर भारतीय वन कर्मचारीहरुलाई बुझाइएको कार्कीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.