अर्जुन सापकोटाको ‘ए ठुली’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
१६ कार्तिक २०७९ २१:३७
388
Shares

काठमाडौं । युवा लोकगायक अर्जुन सापकोटाले नयाँ गीत सार्वजनिक गरेका छन्। आफ्नै शब्द, संगीत र एकल स्वरमा उनले बुधबार ‘ए ठुली’ बोलको प्रेमगीत सार्वजनिक गरेका हुन् ।

सुनिल परियारको एरेन्ज रहेको गीत अर्जुनको यसअघिका गीतहरुभन्दा विल्कुलै फरक छ। जेरी भण्डारीको कथा एवं निर्देशनमा तयार भिडियोमा अर्जुन र क्रिष्टल सापकोटाको अभिनय हेर्न सकिन्छ। यो गीतको भिडियोमा अर्जुनले अभिनय समेत गरेका छन्।

करन चैसिर र दीपक गिरीको छायाँकन रहेको भिडियोलाई सुजन कोइरालाले सम्पादन गरेका छन् । अर्जुनको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । अर्जुन पछिल्लो पुस्ताका रुचाइएका मध्येका गायक हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.