देशमा सुशासन कायम गर्न गठबन्धनको आवश्यकताः वरिष्ठ नेता पौडेल

डिसी नेपाल
१७ कार्तिक २०७९ २२:२२
24
Shares

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँ गाउँमा विकास र घरघरमा रोजगारी बनाउने आफ्नो मुख्य योजना रहेको बताएका छन् । जिल्लाको बन्दीपुर गाउँपालिका–६ साराङ्गघाट तथा आँबुखैरेनी गाउँपालिका ६ मा आज आयोजित बेग्लोबग्लै कार्यक्रममा उनले गाउँमानै बसु बसु बनाउन त्यहाँ आवश्यक पूर्वाधार विकास निर्माण बनाउनुपर्नेमा जोड दिए।

गाउँको विकासमा जोड दिदै गाउँबाट शहरमा बसाईसराई हुने प्रवृत्तिलाई निराकरण गर्ने मुख्य लक्ष्य राखेर अघि बढेको उनले बताए । हिजो पदमा रहँदा नरहँदा पनि जिल्ला र देशको विकासमा सशक्त रुपमा लागेको बताउँदै नेता पौडेलले आउँदा दिनमा पनि यस क्षेत्रको विकासमा दत्तचित्त भएर लाग्ने प्रतिवद्धता जनाए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न गठबन्धनको आवश्यकता देखिएको उनको भनाइ थियो । “लोकतन्त्र र संविधान जोगाउन गठबन्धन गरिएको हो”, उनले भने ‘कांग्रेसको मात्रै दुई तिहाईको बहुमत आउन नसक्ने देखिएकोले गठबन्धन गरिएको हो ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.