केपी ओलीले भने-‘दे आर अलरेडी डेड’, कारण यस्तो दिए

डिसी नेपाल
२० कार्तिक २०७९ ७:३५
108
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ता गठबन्धन र तिनको नेतृत्वलाई अलरेडी डेड (मृत भइसकेका) र अरुले पम्प हानिदिएर मुख खोलेर चपाउनेमात्र काम गरेको आरोप लगाएका छन्। उनले अंग्रेजीमा भने, दे आर अलरेडी डेड।’

संसारका ३७ वटा देशहरुमा बसोवास गर्दै अहिले नेपालमा भेला भएका ३ सय एमाले कार्यकर्ताहरुको सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

अमेरिका, युरोप, अष्ट्रेलिया, अफ्रिका, दक्षिण अमेरिका र एशियाका विभिन्न देशहरुबाट चुनावको मुखका नेपालमा भेला भएका एमाले कार्यकर्ताहरुको संगठन प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीको प्रथम सम्मेलनको उद्घाट गर्दै ओलीले सत्तारुढ गठबन्धन र तिनका नेताहरु पहिले नै मृत भइसकेको भन्नुको कारण पनि प्रस्तुत गरेका थिए।

भारतसित त्वमशरणम गरेर आफ्नो सरकारलाई असंबैधानिक तरिकाले परमादेशमार्फत हटाएको जिकिर गर्दै उनले गठबन्धनका दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई राष्ट्रिय स्वाभिमान नभएका दल र तिनका नेतलाई राष्ट्रिय स्वाभिमान नभएका नेता भने।

राष्ट्रिय स्वाभिमान नभएको मान्छे दुईचोटि मर्छ। देशभक्तिबाट च्युत हुँदा एकपटक मरिसकेको हुन्छ र अर्कोपल्ट सबैले देख्ने गरी अन्त्यमा मर्छ। अप्राकृतिक, असंबैधानिक र मुलुकको स्वाभिमानका विरुद्ध बनेको गठबन्धनका नेताहरुको देशभक्ति नभएकाले उनीहरु मृत भइसकेका हुन्।

अनि भने, ‘राष्ट्रिय स्वाभिमान नभएको मान्छे दुईचोटि मर्छ। देशभक्तिबाट च्युत हुँदा एकपटक मरिसकेको हुन्छ र अर्कोपल्ट सबैले देख्ने गरी अन्त्यमा मर्छ। अप्राकृतिक, असंबैधानिक र मुलुकको स्वाभिमानका विरुद्ध बनेको गठबन्धनका नेताहरुको देशभक्ति नभएकाले उनीहरु मृत भइसकेका हुन्।’

उनले यो गठबन्धनलाई रियल्ली डेड(वास्तवमै मृत) पनि भनेका थिए। तर मृत भइसकेको भए पनि मुख भने निकै चल्ने गरेको आरोप पनि उनले लगाए। अरुले (आशय भारतले) पम्पिङ गरिदिएर चलेको गठबन्धन भएकोले यसको चिउंडोले चपाएको चपायै चपाएको चपायै गरेर मुलुकको बजेट सखाप पारेको आरोप पनि लगाए।

‘चुनावपछि पनि यस्ताले मौका पाए भने यिनले कसरी मुलुकलाई लुट्लान्?’ ओलीले भने,‘लखनाऊ लुटमा सुन र गरगहनामात्र लुटिएको थियो रे अव यिनले चुनावपछि पनि सत्ता पाए भने सुन र गहनामात्र होइन केही बाँकी राख्दैनन् कोठाका पर्दा सर्दा समेत लुट्छन् अनि देशको हालत के होला?’

उनले अवको चुनाव राष्ट्रिय स्वाधिनता, विकास, सम्बृद्धि,लोकतन्त्र र जनताका पक्षधर आफूहरु र लुटतन्त्रवादी, विदेशीको इशारामा चल्ने, विकास विरोधीहरु गठबन्धनपक्षधरका बीच हुन लागेको र जनताले फैशला गर्ने बेला आएको पनि बताए।

उनले मंसीर ४ को निर्वाचनलाई नयाँ कुरुक्षेत्र भन्दै सत्तारुढ गठबन्धन अनेक जोडजाड गरेर बनाइएका कौरवहरुको समूह भएको आरोप पनि लगाए। भने, ‘ कुरुक्षेत्रमा कौरवहरुको हालत के भएको थियो?’

केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू तेस्रो ठूलो शक्ति बन्ने भनेर बोलेको कुराप्रति कठोर टिप्पणी गर्दै ओलीले तेस्रो हुन्छु पनि भन्ने अनि शासन चलाउँछु पनि भन्ने? भन्दै कि यता मिल्छु कि उता भनेर बार्गेनिङ गर्ने बिचौलिया बन्न खाजेको आरोप लगाए।

उनले चुनावपछि प्रचण्डजस्ता विचौलियाहरुको मोलतोलको पक्षमा आफू नरहेको भन्दै संसारभरबाट भेला भएका एमालेजनहरुलाई मुलुकका पक्षमा काम गर्न एमालेले बहुमत पुग्ने गरी जित हासिल गर्नका लागि गाउँ गाउँ र जिल्ला जिल्ला गएर मतदाताहरुलाई जागरुक बनाउन पनि आग्रह गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.