नो नट अगेनलाई कारबाही नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

डिसी नेपाल
२० कार्तिक २०७९ १७:२५
128
Shares

काठमाडौं । नो नट अगेन फेसबुक पेज र ग्रुप सञ्चालन गर्नेहरुविरुद्ध कारबाही नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले दायर गरेको रिटको सुनुवाइ गर्दै आइतबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासले कारबाही अघि नबढाउन अन्तरिम अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

उम्मेदवारहरुविरुद्ध लाञ्छनायुक्त अभिव्यक्ति दिएको भन्दै ‘नो नट अगेन’लाई बन्देज गर्नेगरी आयोगले केही दिनअघी विज्ञप्ति जारी गरेको थियो ।

दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएउनुका साथै आयोगलगायतका विपक्षीसँग लिखित जवाफ पनि माग गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.