प्रकाशमानको घरदैलो : नमस्कार गर्दै, भोट माग्दै

डिसी नेपाल
२१ कार्तिक २०७९ १०:१९
136
Shares

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन दुई हप्ता पनि बाँकी छैन। निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु घरदैलो अभियानमा सक्रिय छन्।

यसैबीच काठमाडौं क्षेत्र नम्बर एकबाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह घरदौलो अभियानमा सक्रिय छन्। सोमबार क्षेत्र नम्बर एक अन्तर्गत ३१ नम्बर वडामा प्रकाशनमानले घरदैलो गरेका छन्।

उनले संविधाननको रक्षा र संविधान कार्यान्वयन गर्न नेपाली कांग्रेसलाई भेट दिन आग्रह गरेका छन्। वर्तमान निर्वाचन प्रणालीमा गठबन्धन अपरिहार्य रहेको भन्दै गठबन्धनलाई जिताउन सिंहले आग्रह गरे।

मतदाता समक्ष सिंहले आफूले अगाडि बढाएका विकासका योजनालाई पूरा गर्न पनि आफ्नो जित आवश्यक रहेको बताए। राजनीतिक स्थिरता कायम गर्दै जनजिविका सहज बनाउने र आर्थिक समृद्धिको एजेण्ड नै अबको प्राथमिकता भएको बताए।

सिंहको घरदौलो अभियानमा माओवादी कार्यकर्ता पनि सँगै थिए। तर सिंह कार्यक्रम अघि माओवादीको उपस्थिति ओझेलमा परेको देखिन्थ्यो। क्षेत्र नम्बर एकमा माओवादी उम्मेदवार नभएपनि माओवादी कार्यकर्ता प्रकाशमानलाई भोट माग्दै हिँडेका छन्।

काठमाडौं क्षेत्र नम्बर एकमा कांग्रेसबाट प्रकाशमान सिंह, एमालेबाट किरण पौडेल, राप्रपाबाट रवीन्द्र मिश्र, स्वतन्त्र पुकार वम, नेपाल सुशासन पार्टीका रमेश खरेलगायत उम्मेदवार छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.