बझाङमा ढुङ्गा लागेर घाइते महिला वडा सदस्यको हेलिकोप्टरमार्फत उद्धार

डिसी नेपाल
२१ कार्तिक २०७९ १९:२२
52
Shares

धनगढी । बझाङमा भीरबाट खसेको ढुङ्गा लागेर एक महिला गम्भीर घाइते भएकी छिन् ।

जिल्लाको साइपाल गाउँपालिका–३ माथिल्लो कायाकी स्थानीय एवं वडा सदस्यसमेत रहेकी २८ वर्षीया डिकी गुरुङ घर नजिकैको जालिकाँडा भन्ने जङ्गलमा दाउरा काट्ने क्रममा माथिबाट ढुङ्गा खस्दा गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले घाइते गुरुङलाई बझाङमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्वार गरिएको जानकारी दिइन् । उनलाई उपचारका लागि अन्यत्रै पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.