प्रचण्डविरूद्ध भोट मागेपछि गण्डकीका ऊर्जामन्त्री आचार्य बर्खास्त
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका छन्।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट मन्त्री बनेका आचार्यलाई मुख्यमन्त्री पोखरेलले आज बर्खास्त गरेका हुन्।
उनी तत्कालीन नयाँ शक्ति पार्टीबाट २०७४ को चुनावमा गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (क) बाट निर्वाचित भएका थिए। आचार्यले आसन्न निर्वाचनका लागि गठबन्धनविरूद्ध गोरखामा बागी उम्मेदवारी दर्ता गराएका थिए भने पछि फिर्ता लिएका थिए।
आचार्यलाई गोरखा २ मा सत्ता गठबन्धनका उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको विरूद्ध भोट मागेको आरोपमा बर्खास्त गरिएको मुख्यमन्त्री पोखरेलनिकट स्रोतले बताएको छ । ।
मन्त्री आचार्यलाई हटाउन मुख्यमन्त्रीले गरेको सिफारिस प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट स्वीकृत भइसकेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment