एमाले महाधिवेशन : उपमहासचिव गुरुङको संयोजकमा माइन्युट कमिटी गठन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११आँै राष्ट्रिय महाधिवेशनको निर्णय र छलफललाई औपचारिक रुपमा अभिलेखीकरण गर्न माइन्युट कमिटी गठन गरेको छ।
महाधिवेशनको बन्दसत्रमा महासचिव शङ्कर पोखरेलले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकमा माइन्युट कमिटी गठन गरिएको जानकारी दिए। समितिमा सूर्यबहादुर थापा क्षेत्री, ज्वालाकुमारी साह, ईश्वरी रिजाल, लीला भण्डारी, विष्णु रिजाल र नीरज आचार्य सदस्य रहेका छन्।
महाधिवेशनका क्रममा प्रस्तुत प्रस्ताव, छलफल, निर्णय र निष्कर्षलाई व्यवस्थित रुपमा अभिलेख राख्ने जिम्मेवारी उक्त समितिलाई दिइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment