सुदूर पश्चिममा मध्यराति शक्तिशाली भूकम्पको धक्का
काठमाडौं । नेपालको सुदूरपश्चिम क्षेत्रमा आज मध्यराति शक्तिशाली भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार डोटी जिल्लामा केन्द्र विन्दू बनाई गएको सो भूकम्प ६ दशमलव ६ रेक्टर स्केलको हो । मध्यराति २ बजेर १२ बजे शुरु भई केही सेकेन्डसम्म गएको सो भूकम्पले सुदूरपश्चिमका अधिकांश जिल्लाहरुमा प्रभाव पारेको छ ।
मध्यराति गएका कारण भूकम्पले के कति भौतिक र मानवीय क्षति गर्यो भन्ने विवरण अझैसम्म प्राप्त भएको छैन । तर, सामाजिक सञ्जालमा पहुंच भएका कतिपय सुदूर पश्चिमका स्थानीय वासिन्दाहरुले भूकम्पको धक्का निकै ठूलो भएको उल्लेख गरेका छन् । कतिपयले यसलाई डरलाग्दो भूईंचालो भन्दै स्ट्याटसहरु लेखेका छन् ।
यो भूकम्प काठमाडौं र नेपालका अन्य भागहरुमा पनि महसुस गरिएको छ भने भारतको राजधानी नयां दिल्लीमा पनि यसले धक्का दिएको बताइएको छ ।
यसअघि हिजोमात्रै डोटी नै केन्द्रविन्दू बनाएर दुईपल्ट भूइचालोहरु गएका थिए । केन्द्रको रेकर्डअनुसार, हिजो सांझ ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केल र ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलका भूइचालोले सुदूर पश्चिम क्षेत्रलाई निकै नै हल्लाएको थियो ।







डिसी नेपाल








Facebook Comment