ङादी ग्रुप पावरको सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ङादी ग्रुप पावरको सेयर सूचिकृत भएको छ। कम्पनीको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो।
कम्पनीले गत साउन १८ गतेदेखि भदौ ७ गतेसम्म चुक्तापुँजीको १५० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो। कम्पनीले प्रति कित्ता १०० अंकित मूल्यमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता सेयर बिक्री गरेको थियो।
यो हकप्रदमा बिक्री हुन नसकेको १२ लाख ५७ हजार २९० कित्ता सेयर कम्पनीले पछि लिलामी प्रक्रियामार्फत बिक्री गरेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment