ङादी ग्रुप पावरको सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
२५ कार्तिक २०७९ १३:३१

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ङादी ग्रुप पावरको सेयर सूचिकृत भएको छ। कम्पनीको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो।

कम्पनीले गत साउन १८ गतेदेखि भदौ ७ गतेसम्म चुक्तापुँजीको १५० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो।  कम्पनीले प्रति कित्ता  १०० अंकित मूल्यमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता सेयर बिक्री गरेको थियो।

यो हकप्रदमा बिक्री हुन नसकेको १२ लाख ५७ हजार २९० कित्ता सेयर कम्पनीले पछि लिलामी प्रक्रियामार्फत बिक्री गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *