आजको राशिफल: मीन राशिलाई धनलक्ष्मी योग, मेष र तुलालाई यात्राको अवसर

डिसी नेपाल
२६ असार २०८३ ६:२६

मेष : लामो दूरीको यात्रा तय हुनेछ। तपाईंले थालेको काम बन्नेछ। धार्मिक स्थलको यात्रा हुनेछ। दान दिएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : स्वास्थ्यमा ख्याल गर्नुपर्ने छ। मन अशान्त बन्नेछ। पूर्वको यात्रामा संकट हुने भएकाले यात्रा नगर्नु उचित हुन्छ। परिवारसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ।

मिथुन : गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। परिवारको साथमा रमाइलो घुमघामको आयोजना हुनेछ। स्वास्थ्यको ख्याल नगर्ने बानीले भने समस्या बढ्ने जोखिम छ।

कर्कट : मन प्रशन्न रहने छ। कला र गलाको प्रयोगबाट तपाईंको सम्मान बढ्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

सिंह : हरेक क्षेत्रमा जिम्मेवारी बढ्ने छ। अनावश्यक यात्रामा धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा विपक्षीविरुद्ध विजय प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : आज जोगिएर काम गर्नुपर्ने दिन छ । व्यापारमा अवरोध हुनेछ। मनमा चिन्ता र असन्तुष्टि बढ्नेछ। राजनीतिक क्षेमा विवाद र झागडा नगर्नु राम्रो हुनेछ। धैर्यता नै सफलता हो भन्ने बुझ्नु आवश्यक छ।

तुला : गुम्न लागेको धन प्राप्त हुनेछ। आफन्तबाट सहयोग प्राप्त हुनेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्दा स्वास्थ्यमा सचेत बन्नुपर्ने देखिन्छ। परिवारको साथमा छोटो दूरीको यात्रा तय हुनेछ।

वृश्चिक : स्वास्थ्यले साथ दिए पनि साथीभाइले असहयोग गर्नेछन्। सञ्चित धन खर्च हुनेछ। परिवारमा खर्च बढ्नेछ। खानपानमा समस्या हुनेछ। राजनीतिक क्षेत्रमा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ।

धनु : बोलीको प्रभावले राम्रो काम बन्नेछ। परिवारमा खुशी मिल्नेछ। नयाँ कामको सुरुवात हुनेछ। दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ।

मकर : बोल्दा सोचेर बोल्नु उचित हुन्छ। आज नयाँ काम सुरु नगर्नु उपयुक्त हुनेछ । हरेक काममा मिहिनेत गर्नुपर्ने दिन छ । श्रमको भने मूल्य सहजै मिल्ने छ ।

कुम्भ : बौद्धिक व्यक्तिसँग भेट हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारसँग रमाइलाे गर्ने अवसर मिल्ने योग छ । नियमित काममा उत्साह मिल्ने योग छ ।

मीन : धनलक्ष्मी योग परेको छ। बोलीको प्रभावले मन शान्त बन्नेछ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ। political क्षेत्रमा सेवाको अवसर प्राप्त होला। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *