घुस प्रकरण : नेपाल टेलिकमका पूर्वएमडी सुनिल पौडेललाई साढे आठ वर्ष कैद

डिसी नेपाल
३२ असार २०८३ १५:५६

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै साढे आठ वर्ष कैद सजायको फैसला सुनाएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दीपक आनन्दसँग घुस लिएको अभियोगमा पौडेललाई आठ वर्ष कैद सजाय तोकेको हो।

त्यसका अतिरिक्त, नेपाल सरकारको विशिष्ट तहको पदमा बहाल रहँदा भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले उनलाई थप ६ महिना कैद सजाय समेत सुनाएको छ।

सोही प्रकरणमा घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई पनि अदालतले आठ वर्ष कैद सजाय तोकेको छ।

अदालतले घुस रकम बरामद नभएको आधारमा बिगो भने कायम गरेको छैन। यद्यपि, घुस लिएको भनिएको तीन करोड ८ लाख रुपैयाँलाई आधार मान्दै अदालतले पौडेल र आनन्द दुवैलाई दामासाहीले जनही एक करोड ५४ लाख रुपैयाँ जरिवाना तिराउने फैसला गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *