समाजवादको कुरा गरेपनि कांग्रेसलाई समाजवाद भन्ने नै थाहा छैनः केपी ओली

डिसी नेपाल
२५ कार्तिक २०७९ १३:२३
20
Shares

धरान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिने बताएका छन् ।

शुक्रबार धरानमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै एमालेलाई सिद्धाउने षडयन्त्र लामो समयदेखि नै भएको भन्दै एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिने बताएका हुन् । उनले देश बिकासका सन्दर्भमा गठबन्धनलाई बोकेको कांग्रेसलाई एक्लै चूनाव लड्न आउन चूनौति दिए ।

ओलीले एक्लै चूनाव लडे एमालेले सिध्याउँछ भन्ने कांग्रेसलाई राम्ररी थाहा भएको तर्क गरे । कांग्रेसले समाजवादको कुरा गरेपनि समाजवाद भन्ने नै थाहा नपाएको भन्दै उनले अहिले ढोडको वैशाखी टेकेर हिँडेको समेत बताए ।

उनले विदेशी देख्नेवित्तिकै पुच्छर लुकाउनेबाहेकसँग तालमेल गर्न सकिन्छ भनेर जसपा र राप्रपासँग केही सीटमा तालमेल गरेको धारणा राखे । अवको निर्वाचनमा माधव नेपालको नेकपा एकीकृत समाजवादी र लोसपा राष्ट्रिय पार्टी बन्न नसक्ने र प्रचण्ड पनि आफैँ विस्तारै सकिँदै जाने तर्क गरे ।

गठबन्धनले सरकार बनाएपछि मुलुक भ्रष्टाचारमा डुवेको उनले बताए । ओलीले अहिले टुक्राटुक्रि जोडेर सरकार बनाउन दिन नहुने भन्दै एमालेले बहुमतसंगै सरकार बनाउने दावी गरे।

एमालेका पूर्वनेतासमेत रहेका जसपा नेता अशोक राई अहिले एमालेकै समर्थनमा चुनाव लड्दैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.