घरदैलो अभियानलाई तीव्रता दिँदै चुनाव जित्ने दाउमा मण्डल

डिसी नेपाल
२५ कार्तिक २०७९ १३:२९
184
Shares

काठमाडौं। चुनावको मिति नजिकिँदै गर्दा उम्मेदवार चुनवाी नतिजा आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुटेका छन्। उनीहरुले घरदैलो अभियानलाई तीव्रता दिएका छन्।

सिरहा क्षेत्र नम्बर-४ (ख) बाट उम्मेदवारी दिएका जसपा नेता सुरेश मण्डलले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। मधेस आन्दोलन र विद्यार्थी राजनीतिबाट उदाएका मण्डलेले यसअघि पनि सोही क्षेत्रबाट जित हासिल गरेका थिए।

चुनाव आउन नौ दिनमात्र बाँकी रहँदा मण्डलले आफ्नो निर्वाचन क्षेत्रमा जनतासँग प्रत्यक्ष जोडिनलाई घरदौलो अभियानलाई तीव्रता दिएका हुन्।

घरदैलो अभियानका क्रममा आफूले मतदाताबाट राम्रो र सकारात्मक प्रतिक्रिया पाइरहेको र चुनाव जित्नलाई कुनै समस्या नरहेको दाबी गरे।
सिरहामा जसपा र एमालेको राम्रो जनाधार रहेका कारण आफू जित्नेमा ढुक्क रहेको नेता मण्डल बताउँछन्।

पाँच वर्ष प्रदेशसभा सदस्य रहँदा र राज्यमन्त्रीसमेत हुँदा आफूले जनस्तरमा गरेको काम, संसदमा खेलेको भूमिकाका कारण जनताले आफूलाई मन पराएको दाबी उनको छ।

मधेस प्रदेश सरकारमा राज्यमन्त्रीसमेत बनेका मण्डल आफूले मन्त्री हुँदा र प्रदेशसभा सदस्यका रुपमा आफ्नो क्षेत्रमा गरेको विकास नै जितको आधार भएको बताउँछन्।

आफ्नो क्षेत्रमा प्रत्यक्ष विकासको अनुभूति गराउन र जनताको समस्या सदनमा आवाज बुलन्द बनाउन सक्ने क्षमता भएका कारण पनि आफूलाई जनताले मतदान गर्ने उनको विश्वास छ।

मधेसका जिल्लाहरुमा एमाले र जसपाबीच चुनावी तालमेल भएका कारण पनि आफू विजयी हुनेमा उनी ढुक्क देखिन्छन्। दुई नम्बर प्रदेशको नामाकरण मधेस प्रदेश गर्नमा नेतृत्वदायी भूमिका निर्वाह गरेका मण्डल राज्यमन्त्री हुँदा शिक्षा, स्वास्थ्य, सडक र सिँचाइमा उल्लेखनीय बिकास निर्माण गरेका र समाजिक तथा पारिवारिक स्तरमा जनतासँग घुलमिल भएका आफूजस्तो उम्मेदवार नभएका कारण आफ्नो जित सुनिश्चित हुने उनको विश्वास छ।

यसअघि तत्कालीन राजपाबाट सोही निर्वाचन क्षेत्रबाट निर्वाचित मण्डल पार्टी विभाजनपछि जसपामा नै बसे। उनी मधेसको माग र मुद्दा उठान गर्ने र व्यवस्थापन गर्ने मुख्य पार्टी जसपा नै भएको भन्दै जसपाबाटै मधेसका माग सम्वोधन हुने बताउँछन्।

सामाजिक, आर्थिक र राजनीतिक रुपमा पछि परेको मधेस प्रदेशमा सक्षम, शिक्षित र राजनीति सुझबुझ भएका व्यक्तिलाई अगाडि बढाउनु पर्ने र त्यसका लागि युवा नेतृत्व आवश्यक रहेको उनको भनाइ छ। निर्वाचनपछि मधेस प्रदेशमा जसपा नेतृत्वमा सरकार गठन हुने र सो सरकारले मधेसमा विकासको लहर ल्याउने मण्डलले दाबी गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.