फरक क्षमताका व्यक्तिप्रति समर्पित विजय शिवाकोटीको ‘जीवन सुन्दर छ’ सार्वजनिक

डिसी नेपाल
२६ कार्तिक २०७९ १२:३२
144
Shares

काठमाडौं । गीतकार विजय शिवाकोटीको शब्द रचनामा फरक क्षमताका व्यक्तिहरुप्रति समर्पित गीत ‘जीवन सुन्दर छ’ सार्वजनिक भएको छ । सान्तना रेकर्डसको ब्यानरमा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतका बारेमा रचनाकार शिवाकोटीले सबै मानिसहरुमा आ–आफ्नै किसिमको योग्यता र सुन्दरता हुन्छ । सबैमा पूर्णता छ, समग्रता छ । कमी केही छैन र हुनै सक्दैन । यस अर्थमा हरेकको जीवन सुन्दर छ भन्ने आशयसहित यो गीत लेखिएको बताएका छन् ।

गीतमा गायक तथा संगीतकार हरिश माथेमाको संगीत र वरिष्ठ गायिका रीमा गुरुङ होडाको स्वर रहेको छ । यस गीतलाई वरिष्ठ म्युजिक एरेन्जर चाँद सिंहले एरेन्ज गरेका हुन् । गीतको म्युजिक भिडियोमा अर्शु महर्जन, साक्षी लम्साल र बालकलाकार आर्या प्रधानांगको अभिनय छ । म्युजिक भिडियोलाई कमल राईले निर्देशन गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.