निर्धन उत्थान लघुवित्तको अधिकांश सूचकमा गिरावट, खुद नाफा ८३.८८ प्रतिशतले घट्यो

डिसी नेपाल
२७ कार्तिक २०७९ ९:५१
52
Shares

काठमाडौँ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार संस्थाको अधिकांश सूचकमा गिरावट आएको छ।

संस्थाको खुद नाफामा ८३.८८ प्रतिशतले गिरावट आएको छ।  गत वर्षको यहि अवधिमा २० करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले समिक्षा अवधिमा घटेर ३ करोड २५ लाख रुपैयाँ सिमित भएको छ।

संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै खुद नाफामा गिरावट आएको देखिन्छ। संस्थाको खुद ब्याज आम्दानी  ६.९६ प्रतिशतले घटेर ४८ करोड रुपैयाँ खुम्चिएको छ। गत वर्ष यही अवधिमा संस्थाले ५१ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यस्तै,सञ्चालन नाफा पनि ५६ करोड ६८ लाख रुपैयाँबाट घटेर ३० करोड ४५ लाख रुपैयाँमा सीमित रहेको छ।

यो पहिलो त्रैमासमा संस्थाले १८ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ८८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। हाल संस्थाको चुक्तापुँजी २ अर्ब १९ करोड रहेको छ।  संस्थाको रिजर्भको आकार १.११ प्रतिशतले घटेर १ अर्ब ७८ करोड रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ८० करोड रुपैयाँ थियो।

समिक्षा अवधिमा संस्थाको खराब कर्जा अनुपात ३.५९ प्रतिशतबाट बढेर ७.१४ प्रतिशत पुगेको छ। संस्थाको पीई रेसियो १५३.६४ गुणा रहेको छ।

संस्थाको खुद नाफा घटेसंगै प्रति सेयर आम्दानी घटेको छ।  संस्थाको प्रति सेयर आम्दानी ४७ रुपैयाँ ६५ पैसाले घटेर ५ रुपैयाँ ९३ पैसामा झरेको छ।  संस्थाको प्रतिसेयर नेटवर्थ ११७.१२ रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.