आज तरकारी र फलफूलको मूल्य कति ?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज मंगलबार २० रुपैयाँदेखि ६५० रुपैयाँसम्मको फलफूल तथा तरकारी किनबेच भइरहेको छ।
आज अनार प्रतिकेजी ४१० रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, घिउसिमी ११५ रुपैयाँ र आभोकाडो २२५ रुपैयाँमा बिक्री भइरहेको छ।
रातो आलु ५७ रुपैयाँ ५० पैसा, सेतो आलु ४१ रुपैयाँ ३३ पैसा, उखु प्रतिवटा ९५ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, करेला ७५ रुपैया, परवर ३७ रुपैयाँ ५० पैसा, लोकल बन्दा ३५ रुपैयाँ, लोकल काक्रो ९५ रुपैयाँ, कागती १२८ रुपैयाँ, किवी २२५ रुपैयाँ, अकबरे खुर्सानी १७० रुपैयाँ, सुकेको खुर्सानी ४१० रुपैयाँ, लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक ३२५ रुपैयाँ र सानो लोकल गोलभेडा २२ रुपैयाँ ८० पैसामा किनबेच भइरहेको छ।
आज घिरौलाको औसत मूल्य प्रतिकेजीको ७६ रुपैयाँ ६७ पैसा रहेको छ भने चमसूरको साग १९० रुपैयाँमा किनबेच भइरहेको छ। चुकुन्दर ८५ रुपैयाँ, कन्य च्याउ १६७ रुपैयाँ ५० पैसा, डल्ले च्याउ ३२४ रुपैयाँ र जिरीको साग ९० रुपैयाँमा किनबेच भइ रहेको छ।
तितो करेला ७५ रुपैयाँ, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, पालूगो साग १९३ रुपैयाँ ३३ पैसा, पुदीना ६५० रुपैयाँ, ब्रोकाउली १२३ रुपैयाँ ३३ पैसा, भिण्डी ७५ रुपैयाँ, मटरकोशा १४२ रुपैयाँ, मेथीको साग १९३ रुपैया र रायोको साग ५६ रुपैयाँ ६७ पैसा भाउ रहेको छ।







डिसी नेपाल







Facebook Comment